AArya
RUMPUM
animated ellipse animated ellipse

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरे सरकारविरुद्ध विराटनगरमा पनि प्रदर्शन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८२, सोमबार १६:२०
27
Shares
विराटनगर / कोशी प्रदेशको राजधानी विराटनगरमा (सन् १९९७ देखि २०१२) भित्र जन्मिएका युवा पुस्ता जेनजीले सरकारविरुद्ध सशक्त प्रदर्शन गरेका छन्।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र देशव्यापी भ्रष्टाचारविरुद्ध युवाहरुले सडकमा उत्रिएर विरोध जनाएका हुन्।

काठमाडौंसहित देशभरी जेनजी पुस्ताले एकै दिन प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी महेन्द्र मोरङ कलेज विराटनगरकी स्वतीका पाण्डेले देश भ्रष्टाचारले थिलथिलो भएको भन्दै आफ्नो आक्रोश व्यक्त गरे। उनले भनिन्, ‘हामी विद्यार्थी यो देखेर आजित छौं। हरेक युवा विदेश सोच्न बाध्य छन्। विराटनगरका सडकको बेथिति र समग्र अराजकताले हाम्रो रगत उम्लिन्छ।’

उनले सामाजिक सञ्जालमा युवाहरुले आफ्ना असन्तोष पोख्ने गरेकोमा सरकारले सोही माध्यम बन्द गरेर आवाज दबाउने प्रयास गरेको आरोप लगाए। उनले भनिन्, ‘केपी ओलीले सामाजिक सञ्जाल बन्द गरेर हाम्रो आवाज बन्द गर्ने गलत प्रयास गरेका छन्। तर हाम्रो आवाज रोकिन्न। हामी देशप्रेमी हौं र जस्तोसुकै बलिदान गर्न तयार छौं, तर अब यी नेताहरूको मनपरी सहन्नौं।’

विरोध प्रदर्शनमा सहभागी युवाहरूले भ्रष्ट्राचार नियन्त्रण, सुशासनको प्रत्याभूति र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मानको माग गरेका छन्। युवाहरूको यो प्रदर्शनले सरकारमाथि बढ्दो जनदबाबलाई संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर