RUMPUM
animated ellipse animated ellipse

मिस नेपाल नर्थ अमेरिका २०१८ को उपाधी मोनिका घलेलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ श्रावण २०७५, आईतवार २०:०१
3
Shares
तस्विर : विक्रान्तमान श्रेष्ठ
विजय थापा
अमेरीका । न्यु योर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को उपाधी मोनिका घले हात पारेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारेकी हुन्

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि प्रथम विजेता सुजाता लामा तथा द्वितीय विजेता श्रीजना राई घोषित भएकाी छिन् ।

त्यस्तै मिस ट्यालेन्टमा पूजा थापा, मिस कम्युनिटी आउटरिचमा अनुषा अधिकारी ,मिस पपुलरमा स्वेता खड़का ,मिस फोटोजेनिकमा करुणा अधिकारी,मिस स्किनमा आकृति शाह ,मिस स्माईलमा सिर्जना राई,मिस वेस्ट ड्रेसमा संयुक्ता पुरी ,मिस पर्सोनालिटीमा सनम थापा,मिस डिसीप्लेनमा श्रद्धा केसी , मिस क्याटवाकमा मोनिका घले ,मिस फ्रेन्डसिपमा सुजाता लामा,मिस हेयरमा ज्योति गुरुग,मिस राईजिग स्टारमा स्‍मृति लामिछाने घोषित भए ।

प्रथम मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकि थिईन । यसै गरि सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई ,हेमन्त राना ,बिक्की गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । निर्णायकहरुमा क्रमस राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए ।

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर