पूर्वाञ्चल खबर
पार्टीको कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित जनसभामा उनले निर्वाचन लोकतन्त्रको अभ्यास भएकोले पार्टी सक्रिय रुपमा भाग लिनुका साथै पार्टीले आजदेखि शुरु आन्दोलन समेत सञ्चालन हुने बताए ।
अध्यक्ष यादवले युवाहरुले मुलुकमा भ्रष्टाचार अन्त्य ,सुशासन र सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउन भदौ २३ र २४ गते विद्रोह गरेको जानकारी गराए ।
अध्यक्ष यादव विगतको सरकारको कुशासनको कारण अहिले मुलुक सङ्कट ग्रस्त भएको आरोप लगाए। उनले नेकपा एमाले र नेकांको ३५ वर्षको शासनको अवधिमा यस क्षेत्रमा रहेका उद्योगधन्दा बन्द हुनुका साथै युवाहरु बेरोजगार भै विदेश पलायन हुन बाध्य भएको बताए ।
अध्यक्ष यादवले मुुलुकमा राजनीतिक स्थिरता दिन संविधान संशोधन गरी जनतावाट प्रत्यक्ष निर्वाचन राष्ट्रपति प्रणालीमा जान सुझाव दिए ।
पार्टीका सह अध्यक्ष रकम चेम्जोङ्गले भदौ २३ गतेको जेनजी विद्रोहमा १९ जना युवाहरुको हत्या हुनु अमानवीय कार्य भएको बताउदै युवाहरुले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासन कायम भएमा मुलुकमा स्थिरता आउने दावी गरे ।
पार्टीका प्रदेश अध्यक्ष दिपक याक्ख्या, केन्द्रीय सचिव रामकुमार राई, केन्द्रीय सदस्यहरु संजय सिंह,पन्नालाल मण्डल, कुन्ता राई र जिल्ला अध्यक्ष राजकमार यादवले विगतको सरकारको कुशासन अन्त्यका लागि भएको जेनजी विद्रोहबाट मुलुकमा ठूलो जनधनक्षति भएको बताए ।