विद्यार्थीका नाटक गुरुकुलमा

खबर पूर्वाञ्चल, २२ भाद्र २०७९, बुधबार १९:४६
369
Shares
विराटनगर / विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु भएको छ ।

आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक साँढे मञ्चन गरेर महोत्सवको शुरुवात गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने महोत्सवमा बिहिबारदेखि नियमित (विद्यालयका) नाटक मञ्चन हुनेछन् । दैनिक अपराह्न ४ बजे फरक फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

बिहिबार भदौ २३ गते मनकामना से.इ.बो. स्कूलले उद्धारकर्ता विवेक, भदौ २४ गते पूर्वाञ्चल विद्या सदन से.इ.बो. स्कूलले अँधेरी नगरी, भदौ २५ गते बुढानिलकण्ठ से.इ. स्कूलले प्रत्यागमन, भदौ २६ गते रञ्जनी एकेडेमिक इ. टिचिङ स्कूलले चोर, भदौ २७ गते सुम्निमा इ. स्कूलले भविष्य निर्माण मञ्चन गर्नेछ । त्यस्तै भदौ २८ गते मोर्डन एरा से.इ.बो. स्कूलले कोही निक बर्बाद होस्, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले सुसंस्कृतम्, भदौ ३० गते कान्तिपुर से. स्कुलले खुट्टीमा झुण्डिएको कोट र भदौ ३१ गते अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ ।

बुधबार आयोजकले मञ्चन गरेको नाटकमा विकास पराजुली, भरत कार्की, देवेन्द्र यादव, समिक्षा दाहाल, प्रदिप दाहाल, अजय सुवेदी, लकेश दंगाल, मन्तोष यादव, राजेश ठाकुर, रिया सिग्देल, प्रिती उपाध्याय, प्रतिक्षा न्यौपाने, अमन धमला लगायतले अभिनय गरेका थिए ।गुरुकुलका विद्यार्थी अशोक गौतमको निर्देशन तथा सविन भट्टराई र देवेन्द्र यादवको सह निर्देशनमा भिमनिधि तिवारीकृत साँढे तयार पारिएको हो ।

त्यसअघि अध्यक्ष भैरव क्षेत्री तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पानसमा बत्ति बालेर संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे । महोत्सवमा सहभागी हुनका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनौट गरी सहजिकरण तथा प्राविधिक सहयोग आयोजकले गरेको हो । सहभागी विद्यालयले शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराएका छन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५