RUMPUM
animated ellipse animated ellipse

राष्ट्रसेवकमा साहित्य गोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७५, शुक्रबार १८:५४
3
Shares
विराटनगर / राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड विराटनगरको आयोजनामा आज विराटनगरमा कविगोष्ठी सम्पन्न भएको छ ।

साहित्य, कला र संस्कृतिको विकास गर्ने उद्देश्यले सहकारीले हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक कार्यक्रम सुरु गरेको छ । चौथो शृंखलाका रुपमा आयोजित कार्यक्रममा ओम आचार्य, भरत गुरागाईं, मीनकुमार नवोदित, शोभा लामा बल, दीपक शम्चु, रोमा निरौला, सरिता तुलाधर, शिवनारायण पण्डित सिंगल, शुभलक्ष्मी लम्साल, कृष्ण कोइराला चारघरे, लक्ष्मी पोखरेलले आ–आफ्ना कविता प्रस्तुत गरे ।

त्यसैगरी गोष्ठीमा कृष्ण कोइराला चारघरे, जीविका अश्रु, ऋतु आसिक, हरि बराल, भवानी पोखरेल, प्रिन्स प्रमोद ढकाल, बन्दना पोखरेल, मीना श्रेष्ठ, प्रमोदकुमार मण्डल, विमला अर्याल, प्रकाशप्रेमी, सञ्जय कर्ण, लक्ष्मी चौधरी, उमानाथ घिमिरे, गीता भुर्तेललगायत दुई दर्जनभन्दा बढी कविहरूले समसामयिक विषयमा लेखेका कविता प्रस्तुत गरेका थिए ।

साहित्यकार मधु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका साँसद तथा प्राज्ञ खेम नेपाली, साहित्यकार बलराम पोखरेल, दिनेश श्रेष्ठ, सरला चापागार्इंलगायतले नियमित साहित्यिक गोष्ठीले साहित्यप्रति नयाँ स्रष्टालाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गरे । उनीहरूले साहित्य गोष्ठीलाई निरन्तरता दिनसमेत सहकारीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर