AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरोद्वारा महिला स्वास्थ्य स्वयं सेविकालाई अभिमुखिकरण तालिम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०७५, शुक्रबार २०:०४
3
Shares
विराटनगर / विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलको विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलले महिला स्वास्थ्य स्वयं सेविका लक्षित महिला तथा बाल स्वास्थ्य सम्बन्धि एकदिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।

आज भएको अभिमुखिकरणमा अस्पतालका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका राठी तथा बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह, नर्सिङं स्टाफद्वय पुजन योगि तथा सुनिता रामले महिला तथा बाल स्वास्थ्यमा देखा पर्ने समस्याहरु, त्यसका लक्षण तथा निदानको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा डा. राठीले खास गरेर महिलामा बढी देखिने पाठेघरको मुख तथा स्तन क्यान्सरबाट बच्ने उपाय तथा उतm क्यान्सरको प्रारम्भिक पहिचान सम्बन्धि जनचेतनामूलक जानकारी गराइन् ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा.बिरेन्द्रकुमार विष्टले स्वस्थ आमा, सम्पन्न परिवार तथा स्वस्थ बच्चा, उज्जवल भविष्यको आधार भन्ने मुल मन्त्रको साथ अस्पतालको शाखा विस्तार गरिएको र त्यसमा अस्पताल कटिवद्ध रहेको जानकारी दिए । कार्यक्रममा बिराटनगर महानगरपालिकाका बरिष्ठ अहेव अधिकृत अपोलो भगतले यस किसिमको अभिमुखिकरणले महिला स्वास्थ्य स्वयं सेविकामा स्वास्थ्य जानकारी बढने र यसले समग्र समाजको स्वास्थ्य स्तरमा सकारात्मक प्रभाव पर्ने बताए । रोग लागे पछि उपचार गर्नृू भन्दा रोग लाग्न नदिने उपाय गर्नु महत्वपूर्ण रहेकोले जनचेतनामुलक कायक्रम प्रभावकारी हुने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए ।

एक दिने अभिमुखिकरण कार्यक्रममा विराटनगर महानगरपालिकाको १९ वडामा कार्यरत १ सय १० महिला स्वास्थ्य स्वयं सेविकाहरु को सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर