पूर्वाञ्चल खबर
वर्षिक उत्सवमा स्कूलमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्य, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । सो अवसरमा यस शैक्षिक सत्रमा कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
ग्रामिण क्षेत्रमा स्थापना भई न्यूनतम शुल्क लिई संचालन भइरहेको उक्त विद्यालयले महंगो शुल्क लिई सहरमा संचालित विद्यालयहरुले जस्तै स्तरीय र समय सापेक्ष शिक्षा दिन सफल भएको छ । माध्यमिक तहसम्म संचालित उक्त विद्यालयले विगतका परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भैसकेको प्रिन्सिपल होमबहादुर थापामगरले जानकारी दिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश कार्कीले आफुहरुले पैसा कमाउने उद्देश्यले विद्यालयको स्थापना गरेको नभई त्यस क्षेत्रमा अंग्रेजी माध्यमको विद्यालयको एकदमै आवश्यक परेकोले नानीहरुलाई सुविधाका लागि मात्र खोलेको दावी गरे । ‘हामीले गरिव तथा जेहेन्दार एवं असहाय विद्यार्थीहरुलाई छात्रवृृत्ति प्रदान गर्दै आएका छौं’–अध्यक्ष कार्कीले भने । त्यसका साथै अपाङ्ग, असहाय बालबालिकाहरुलाई स्थापनाकाल देखि नै छात्रवृत्ति प्रदान गर्दै आएको कार्कीको भनाई छ ।