पूर्वाञ्चल खबर
रंगेलीबाट अमरदह, दोमना, वबियाबिर्ता, कल्याणपुर, सिक्टि, बाहुनी, विराटनगरलागायतका स्थानमा सवारी सञ्चालन हुने गरेको छ । हालमा रंगेलीबाट ५० ओटा सार्बजनिक सवारी सञ्चालन भैरहेका छन् ।
बिगतका दिनहरुमा रंगेलीमा भएको बस पार्क जसो तसो संञ्चालमा थियो । तर एक बर्ष अगाडीदेखि नयाँ बसपार्क निर्माणको प्रकृया सुरु भएपछि सडक किनारमै पार्कीङ हुने गरेको छ । समयमा नै बस पार्क निर्माण नहुँदा सडकमै पार्कीङ गर्नु पर्ने अवस्था आएको व्यावसायीहरुले गुनासो गरेका छन् । सडक किनारमा बस, टेम्पु, सिटी रिक्सा पार्कीङ गरिदै आएको छ ।
यातायात व्यावसायी प्रमोद चक्रवती सडकमा यातायात राख्दा दुर्घटनाको जोखिम बढी हुने गरेको बताउँछन् । बस पार्क निर्माण ढिलाई हुँदा समस्या भएको उनको भनाई छ । बस पार्क आसपास २०३५ साल ४० घर परिवार बसोवास गर्दे आएका छन । स्थानीय बिष्णु पुरी नगरपालिकाले बस पार्क निर्माण नगरेकाले समस्या भएको गुनासो गरे । यता ट्राफिक कार्यालय रंगेलीका प्रहरी इञ्चार्ज प्रहरी हवल्दार ओमप्रसाद दियाली बस पार्क समयमै निर्माण नहुँदा ट्राफिक ब्यावस्थापन जटिल बन्दै गएको बताउँछन् ।