AArya
RUMPUM
animated ellipse animated ellipse

फरार दुई जना अभियुक्त पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०७७, बिहीबार १६:४७
999
Shares
विराटनगर / मोरङ प्रहरीले दुई जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ ।

लागूऔषध र चोरी मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर १४ भगवती चोकका २६ वर्षिय नौलखी भन्ने श्रीप्रसाद महतो र लागूऔषध मुद्दाका बिराटनगर १५ का ३७ वर्षिय राजू पासवानलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका महतोले भदौ १८ गते विराटनगर महानगरपालिका ९ ट्राफिक चोक स्थित मनोजकुमार गुप्ताको इएएइ कम्पनीको मोवाईलको ६ प ३४०० नम्बरको मोटरसाईकलमा सवार ३० वर्षिय सतिस झा र सोही ठाउँका महतोले मोवाईल जवरजस्ती खोसी फरार भएका थिए । दुई जना प्रतिवादी मध्ये सतिस झालाई प्रहरीले असोज ११ गते विराटनगर महानगरपालिका ७ हस्पिटल चोकबाट पक्राउ गरेको थियो भने महतो फरार थिए । पक्राउ परेका महतोलाई प्रहरीले चोरी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ । यसैगरि लागूऔषध मुद्दामा राजु पासवानलाई २०७३ असार ३ गते १८ दिन कैद र २ हजार जरिवानाको मोरङ अदालतले फैसला गरेको थियो । कैद सजाय तोकिएको चार वर्षपछि पासवानलाई मोरङ प्रहरीले विराटनगर महानगरपालिका १५ स्थित भट्टीमोड चोकबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि जिल्ला अदालत मोरङमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर