चौथो विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा विकेभीएम विजेता बन्दा एभरेष्ट बन्यो उपविजेता

खबर पूर्वाञ्चल, ३० भाद्र २०८०, शनिबार १९:१५
360
Shares
विराटनगर / चौथो विद्यालयस्तरीय बास्केटबल प्रतियोगितामा विराटनगरको विकेभीएम स्कुल विजेता बन्दा एभरेष्ट स्कुल उपविजेता बनेको छ ।

विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विकेभिएमले विराटनगरको एभरेष्ट स्कुललाई २ अंकको अन्तरमा हराउँदै उपाधि जितेको हो।

यो सँगै विकेभिएमले लगातार दोस्रो पटक उपाधि जितेको छ । प्रतिस्पर्धात्मक खेलमा विकेभिएमले ३९ अंक बनाउँदा एभरेष्ट ३७ अंक बनाएको थियो। व्यक्तिगत २० अंक बनाएका विकेभिएमका आकाश चौधरीले म्यान अफ द म्याच घोषित भए भने लिगकै मोस्ट भ्यालुएबल खेलाडी एभरेष्टका शिव साह भए।

त्यसैगरि, लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने विकेभिएमका सन्तोष साह उदयीमान खेलाडी घोषित भए।

तेस्रो स्थानका लागि भएको खेलमा पोखरीया स्कुललाई ३८–२२ अंकले पराजित गर्दै सगरमाथा स्कुल विजयी भयो। सगरमाथाका उत्सव कार्की म्यान अफ द म्याच घोषित भए।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष गुरुङलगायतले खेलाडीहरुलाई शुभकामना दिँदै पुरस्कार प्रदान गरे

भाद्र १५ गतेदेखि विराटनगरमा होम एण्ड अवे अन्तर्गत लिग खेल भएको थियो। प्रतियोगितामा विराटनगरका एभरेष्ट, विकेभिएम, सगरमाथा, पोखरिया, अरनिको, सेन्ट जोसेफ, डिपिएस र डनबस्को स्कुलले सहभागिता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५