animated ellipse animated ellipse

इटहरीमा कोभिड उपचारका लागि पाँच वेड छुटयाउँन अस्पताललाई आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७८, बुधबार २०:३०
162
Shares
इटहरी / कोभिड संक्रमण वढदै गएको वेला इटहरी उपमहानगरले इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउँने विषयमा छलफल गरेको छ ।

इटहरीमा १५ वेडसम्म संचालन भएका अस्पतालहरुसँग छलफल गरिएको हो । छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शैया कोभिड उपचारमा छुटयाउन उपमहानगरले गरेको प्रस्तावमा नीजि अस्पतालहरु सकारात्मक देखिएका छन् ।
ब्यवस्थापकहरु बिच आन्तरिक छलफल गरेर अर्को वैठकमा निर्णय दिइने नीजि अस्पताल संचालकहरुले वताएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताए । नीजि अस्पतालमा छुटटै फिवर क्लिनिक राखेर अन्य विरामी र कोभिडका विरामीलाई सुरक्षित साथ उपचार गराउन तयारीमा लाग्न उपमहानगरले नीजि अस्पताल सँग प्रस्ताव गरेको हो ।

छलफलमा इटहरीको सामुदायिक,मेदान्त,एपेक्स र पशुपति मोडल अस्पतालका संचालकको सहभागिता थियो । यसैबिच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीमा रहेका अक्सिजन उद्योगहरुको अनुगमन गरिएको छ । इटहरीका दुईवटा अक्सिजन उद्योगको अनुगमन पछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने वताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर