RUMPUM
animated ellipse animated ellipse

क्यान्सर पीडित महिलालाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०७४, सोमबार १९:५९
3
Shares
गोपाल काफ्ले
पथरी,२१ फागुन /ताप्लेजुङ थुङ्मेदिनकी क्यान्सर पीडित संगिता लिम्बुलाई आर्थिक सहयोग जुटेको छ । आज पथरीशनिश्चरे स्थित सिरीजंघा धार्मिक वनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी किरात याक्थुम चुम्लुङ इजरालले जुटाएको २ लाख ७५ हजार ९ सय रुपैयाँ लिम्बुलाई हस्तान्तरण गरिएको छ ।

किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य खिनमाया लिम्बूले क्यान्सर पीडित लिम्बुलाई सो रकम हस्तान्तण गरेकी थिइन ।

किरात याक्थुम चुम्लुङ इजरायलकी सचिव नुमा काङ्बा बोखिम (भारती)को संयोजनमा सो रकम नेपाल पठाइएको थियो । पथरीशनिश्चरेकी पार्वता लिम्बूको संयोजनमा उक्त रकम विरामीले पाएकी हुन् ।

विरामी लिम्बुको भरतपुरको क्यान्सर अस्पतालमा उपचारको लागि ५ लाख बढी खर्च भइसकेको छ । लिम्बुको आर्थिक अवस्था कमजोर रहेको हुनाले विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आइरहेको छ । ५ सन्तानकी आमा संगिता विगत एक वर्ष देखि ब्रेस क्यान्सर पीडित रहेको र आर्थिक सहयोग जुटाउन सके बाँच्न सक्ने अवस्था रहेको डाक्टरहरुको बताएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर