पूर्वाञ्चल खबर
कानेपोखरी गाउँपालिका वडा नं. १ होक्लावारीमा भएको तालिममा क्षेत्रिय पशुसेवा कार्यालय विराटनगरका पशु प्राविधिक गणेशप्रसाद पौडेलल तालीमको सहजीकरण गरेका थिए । प्राविधिक पौडैल गाईको आहार, गोठ व्यावस्थापन, लाग्ने रोग, निराकरणका उपाय र सरकारले गाईपालनको क्षेत्रमा गरीरहेको कार्यक्रमको विषयमा प्रष्ट पारेका थिए ।
तालीममा कानेपोखरी, बेलवारी र रंगेली क्षेत्रका ३४ जना शेयर सदस्यहरुको सहभागिता रहेका थिए । सहभागि प्रत्येकलाई निशुल्क घाँसको विउ समेत वितरण गरीएको थियो ।
कार्यक्रममा सेवा केन्द्रका प्रमुख डम्वरबहादुर प्रधानले संस्थाको वस्तु तथा सेवालगायत थप सुविधाहरुमा जानकारी गराए । तालिम अधिकृतभरत पोखरेलले वित्तिय साक्षरता र गाईको वजार सम्वन्धी जानकारी गराए ।
कार्यक्रममा इलाका सेवा केन्द्र दमकका इलाका सहायक खड्ग पौडेल, सेवा केन्द्र बाहुनीका सुपरीक्षक ज्ञानेन्द्र श्रेष्ठ, कर्मचारी श्रीमती कुमारी खवास, कानेपोखरी १, होक्लावारीका अध्यक्ष दिपेश कार्कीलगायत उपस्थिती रहेको थियो ।