AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

किसानलाई ३६ करोड राहत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७४, आईतवार १९:५१
3
Shares
विराटनगर, ९ पुस । सरकारले गएको वर्षामा बाढिबाट प्रभावित पूर्वी तराईका ५ जिल्लाका किसानको लागि ३६ करोड रुपैयाँ राहत रकम निकासा गरेको छ ।

सरकारले बाढी प्रभावित पूर्वका विभिन्न जिल्लाका किसानका लागि ३६ करोड रुपैयाँको राहत रकम निकासा गरेको छ । प्रदेश १ र २ मा पर्ने ५ वटा जिल्लाका किसानका लागि सो रकम कृषि विकास मन्त्रालयले निकासा गरेको हो । क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार मोरङका लागि ५ करोड ४२ लाख, सप्तरीका लागि ६ करोड ८ लाख, सिरहाका लागि ६ करोड २६ लाख तथा सुनसरीका लागि ५ करोड ४६ लाख रुपैयाँ निकासा भएको हो ।

सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयहरुले किसानलाई दिने सहयोग कार्यक्रम तय गर्ने र सोहीअनुसार राहत रकम खर्च गरिने जनाइएको छ । तरकारीका बीउ, माछाका भुरा वितरणदेखि सिंचाइ योनजा सञ्चालन गर्ने, प्रांगारिक मल उत्पादन र वितरण गर्नेलगायत कार्यक्रम सञ्चालन हुने निर्देशनालयले जनाएको छ । गत साउन अन्तिम साताको बाढीका कारण पूर्वी जिल्लामा ठूलो परिमाणमा कृषि बालीमा क्षति पुगेको थियो ।

भलबाढीका कारण धानलगायत अन्न उत्पादनमा समेत कमी आएको छ । यसैकारण सरकारले किसानलाई राहत रकम दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर