AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लक डाउन लम्ब्याउन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०७७, आईतवार १८:२४
3
Shares
काठमाण्डौं / कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउन लम्ब्याउन सिफारिस गरेको छ ।

आज उपप्रधान एवं रक्षामन्त्री ईंश्वर पोखरेल नेतृत्वको समितिको बसेको बैठकले लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए।

यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ । समितिमा रहेका मन्त्रीहरुका अनुसार सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ । सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण २ जनाको मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो । जनस्वास्थ्यका विज्ञहरुले बढी प्रभावित क्षेत्रमा लकडाउन कडा पारेर अन्य क्षेत्रमा खुकुलो बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर