पूर्वाञ्चल खबर
विराटनगरमा भएका भौतिक संरचना (एरपोर्ट ,मूख्यमन्त्री वस्ने स्थान, भवन ,औद्योगिक क्षेत्र,खेल मैदान ) आदीले विराटनगर प्रदेशको राजधानी बन्न उपयुक्त भएको प्रमाण सहित प्रधानमन्त्री निवास पुगेका हुन् ।
राजधानी बनाउने मुद्दामा सवै दलले साझा धारणा बनाउन आवश्यक रहेको र पहल गरिरहेको पराजुलीले बताए । विराटनगरलाई राजधानी बनाउने लभिङमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, दिलिप गच्छदार लगायतका नेताहरु राजधानी काठमाण्डौ पुगेका छन् ।
आज प्रधामन्त्रीसँग मेयरको भेट भएको थियो । भेटमा प्रधानमन्त्री शेरवहादुर देउवाले विराटनगरलाई प्रदेश राजधानी बनाउन उपयुक्त भएको बताएका थिए ।