animated ellipse animated ellipse

डा. साह मृत्यु प्रकरण, गुडगाँव थानामा एफआइआर दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०७७, आईतवार २०:२१
1.77k
Shares
विराटनगर / भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका डा. सुजितकुमार साहक मृत्युप्रकरणको सत्य तथ्य छानविनका लागि पीडित परिवार प्रहरी समक्ष पुगेका छन् ।

डा. साहको मृत्यु रहस्यमय भएको जनाउदै विराटनगरबाट गएका बुबा नरेन्द्रप्रसाद साहले गुडगाँव जिल्लाको गुडगाँव सादर प्रहरी थानामा प्रथम सूचना रिपोर्ट(एफआइआर) दर्ता गराएका छन् ।

विराटनगरस्थित डा. साहका दाई रोविन साहका अनुसार विहीबार(भदौं १८) दिउँसो पौने ३ बजे मृतककी श्रीमती लक्ष्मीकुमारी साख्यान, लक्ष्मीकी बहिनीद्धय सन्तोषकुमारी र सोनु कुमारीविरुद्ध एफआइआर दर्ता गरिएको हो । एफआइआर दर्ताका क्रममा मृतककी श्रीमती लक्ष्मीले अलग बस्नका लागि डिभोर्सको दबाब दिइरहेको खुलेको छ । दर्ता गरिएको पत्रमा अगष्ट महिनाबाट श्रीमती लक्ष्मीले अलग हुनका लागि अत्याधिक दबाव, धम्की दिएको बताइएको छ । जसका लागि डा. साह सहमत नभएको लेखिएको छ । छोरीलाई समेत परिवारबाट टाढा लैजाने चेतावनीसहित लक्ष्मी र दुई बहिनीले सुजितमाथि बारम्बार दबाब दिएका थिए । उनीहरुले सुजितलाई डिभोर्स नदिएको खण्डमा शारिरीक दुब्र्यवहारको झुठो मुद्धा लगाएर जेलसम्म पुराउने धम्की दिएका थिए । बुबा नरेन्द्रद्धारा दर्ता गराइएको रिपोर्टमा लक्ष्मीको बारम्बार डिभोर्स मागका कारण आफूहरुलाई जानकारी नभएको जनाइएको छ ।

साहका दाई रोविनका अनुसार यसबीच प्रहरीले एकपटक श्रीमती लक्ष्मीलाई थानामा बोलाएर सोधपुछ गरिसकेको छ । गुडगाँव प्रहरीका अनुसार घटना भएको विहान करिब साढे ३ बजे एचइडब्लुओ अपार्टमेन्ट सोसाईटी सेक्टर ४७ गुरुग्राममा डा. साहले आत्महत्या गर्न लागेको सुरुआती खबर पाएका थिए । यद्धपी, थानाबाट तीन जना प्रहरी घटनास्थप पुग्दा डा.साहको मृत शरीर जमिनमा रहेको थियो । टाउकोबाट रक्तस्राव भइहरेको अवस्थामा मेदान्त अस्पताल लैजादाँ चिकित्सकले डा. साहको मृत्यु भएको बताएका थिए ।

घटनापछि प्रहरी अनुसन्धानका क्रममा सोही दिन प्रहरीले अपार्टमेन्टको छानवीन गरेको थियो । सो क्रममा अपार्टमेनटको मुख्यद्धारमा भित्रपट्टिबाट ताला लागेको र प्रहरीले झया्ल फोड्नु परेको जनाएको छ । प्रहरीले यसक्रममा मृतक साहको ओछ्यानमा पर्चा भेटिएको जनाएको छ । पर्चामा लेखिएको सन्दर्भबारे जानकारी नदिएपनि पीडित परिवार सदस्यले सो पर्चा साहको लेखाई नभएको जनाउदै आएको छ ।

दश वर्षअघि डा. साह र लक्ष्मीबीच विराटनगरमा प्रेम विवाह भएको थियो । विवाहको ८ बर्षपछि सन् २०१८ मा पेशाले चिकित्सक श्रीमती लक्ष्मी ६ वर्षीया छोरीलाई लिएर पश्चिम बंगालको दुर्गापुरीमा बसोबास गर्दै आएकी थिइन् । तथापी डा. साह विदाको अवसरमा दुर्गापुरी जाने भेट्ने र सम्पर्क मै रहेको बुबा नरेन्द्रले रिपोर्टमा जनाएका छन् ।

पीडित परिवारले घटनाको सत्य तथ्य छानवीनका लागि विराटनगरस्थित इन्सेक विराटनगर, विराटनगर महानगरपालिका, मानव अधिकार सञ्जाल लगायतमा जानकारी गराएका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर