खबर पूर्वाञ्चल
अक्षयकोषबाट आएको लाभांशले हरेक बर्ष उनले अध्ययन गरेको सप्तरी स्थित बुद्धिलाल विद्या मुनर नमुना मा. वि. का एक जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । सोही अनुसार यस वर्ष कक्षा ११ मा शिक्षा संकायमा अध्ययन गर्ने धिरेन्द्र यादवलाई ५ हजार ५ रुपैँया छात्रवृत्ति प्रदान गरिएको हो ।
मंसिर २० गते परिषद् नेपालका प्रदेश १ र मधेz प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनी, विद्यालयका प्रधानाध्यापक तुलसीलाल चौधरी लगायतको उपस्थितिमा एक कार्यक्रम गरि छात्रवृत्ति प्रदान गरिएको थियो । समाज र राष्ट्र कार्यका लागि आफ्नो जीवन समर्पित गरेका सेन्चुरीको निधनलेसंस्था एवम् राष्ट्रिय कार्यमा अतुलनीय क्षति पुगेको पंगेनीले बताए ।