AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा भुजेल समाजको २०८३ सालको क्यालेन्डर सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०८२, शुक्रबार १९:२२
171
Shares
विराटनगर /भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले आगामी २०८३ सालको भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ ।

विराटनगरमा आज आयोजित एक विशेष समारोहबीच विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उक्त क्यालेन्डरको विमोचन गरेका हुन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित सो कार्यक्रममा भुजेल समुदायको पहिचान, संस्कृति र एकतालाई जोड दिइएको थियो ।

क्यालेन्डर सार्वजनिक गर्दै महानगर प्रमुख कोइरालाले सामाजिक र सांस्कृतिक विविधताले नै विराटनगरको शान बढाएको बताए । उनले भुजेल समुदायले आफ्नो भाषा, कला र सीपको संरक्षणमा देखाएको सक्रियताको प्रशंसा गर्दै महानगरले यस्ता मौलिक कला र सीपको प्रोत्साहनमा सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सोही अवसरमा भुजेल समाज सेवा समितिले संस्थामा आबद्ध आजीवन सदस्यहरूलाई विशेष सम्मान गरेको थियो । समुदायको उत्थान र संस्थागत विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो । यस्तै, कार्यक्रममा समुदायमा रहेका परम्परागत सीप र कलालाई उजागर गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयमा समेत छलफल भएको थियो ।

समाज सेवा समितिका पदाधिकारीहरूले आफ्नो जातिको संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष क्यालेन्डर प्रकाशन गर्दै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर