AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा करिव ६५ प्रतिशत खसियो मत, शान्तिपूर्ण मतदामा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०८२, बिहीबार १८:२१
135
Shares
विराटनगर / प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लामा प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मत खसेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दिएको जानकारी अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ र करिब ६५ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

मतदान सकिएसँगै अहिले जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गर्ने र सुरक्षित रूपमा ढुवानी गर्ने कार्य भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना छुट्टाछुट्टै स्थानमा गर्ने व्यवस्था मिलाइएको छ । जसमा क्षेत्र नं. १ को उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर, सिजुवा, क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय, बेलबारी, क्षेत्र नम्बर ४ को जनता नमुना माध्यमिक विद्यालय विराटनगर, क्षेत्र नम्बर ५ को सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालय, विराटनगरमा मतगणना हुनेछ ।

प्रशासनले मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारेको छ भने राजनीतिक दल र उम्मेदवारहरू पनि मतगणनाको प्रतीक्षामा रहेका छन् । मतपेटिकाहरू संकलन हुने क्रम जारी रहेकाले केही क्षेत्रमा मध्यरातदेखि नै गणना सुरु हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर