AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एनबीएससी र नेपाल पुलिसको लगातार दोस्रो जित, दुवैको फाइनल पुग्ने आशा जिवितै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०८०, शुक्रबार १८:३६
189
Shares
विराटनगर / घरेलु टिम एनबीएससी विराटनगर र विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ ।

एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेडलाई ३२ रनले र नेपाल पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुग्ने आसालाई जिवितै राखेका छन् भने पराजित दिल्ली र सुदुरपश्चिम लगातार दुइृ खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार हुने नेपाल पुलिस र एनबीएससी बीच विजेताले उपाधिकालागि आइतबार आर्मीसँग प्रतिस्पर्धा गर्ने छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा एनबीएससीले दिल्लीलाई ३२ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको एनबीएससीले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय २९ रनको योगफल खडा गरेको थियो । एनबीएससीका रवि शर्माले २५ रन बनाउँदा विधान गोस्वामीले २० रन, सुमन गतराजले १९ रन, इमरान नाजिरले १७ रन र सतिश कुमारले १६ रनको योगदान दिए ।

दिल्लीका लक्की हितेसले ४ विकेट लिँदा प्रदिपकुमार जाडोनले ३ विकेट तथा मनिष मिश्र र अंकित गोस्वामीले समान १–१ विकेट लिए ।

१ सय ३० रनको लक्ष्य पछ्याएको दिल्लीले १७ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रनमा सिमित भयो । दिल्लीका मनिष मिश्रले १७ रन बनाउँदा साकेट केडीयाले १४ रन अंकित गोस्वामीले १२ रनको योगदान दिए । एनबीएससीका म्यान अफ द म्याच मयंक कुमारले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिँदा महमद इझारले ३ विकेट तथा प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान १–१ विकेट लिए ।

दोस्रो खेलमा मा नेपाल पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २९ रनको योगफल तयार पारेको छ । सिुदुरपश्चिमका नेपालको यू–१९ को अन्तराष्ट्रिय खेलाडी दिपक बोहराले ३८ बलमा २ छक्का र ९ चौका प्रहार गर्दै ६५ रन बनाउँदा अर्का नेपालको यू–१९ को अन्तराष्ट्रिय खेलाडी उत्तम थापा मगरले ५१ रन, दिपक भट्टले ४४ रनको योगदान दिए । पुलिसका योगेन्द्र सिंह कार्कीले ३ विकेट लिँदा रासिद खानले २ विकेट र कप्तान मन्जिल श्रेष्ठले १ विकेट लिए ।

१ सय ३० रनको विजय लक्ष्य पछ्याएको पुलिससले १६ ओभरमा ४ विकेट गुमाई लक्ष्य भट्टायो । पुलिसको जितमा म्यान अफ द म्याच नेपालको पूर्व अन्तराष्ट्रिय खेलाडी दिलिप नाथले विस्पोटन ब्याटिङ गर्दै ३६ बलमा ८ छक्का २ चौका प्रहार गर्दै अविजित ७५ रन बनाउँदा योगेन्द्र कार्कीले ४८ रन, शंकर रानाले ३५ रन नेपाल पूर्व अन्तराष्ट्रिय खेलाडी अमित श्रेष्ठले १४ रनको योगदान दिए । सुदुरपश्चिमका नेपालको यू–१९ को अन्तराष्ट्रिय खेलाडी हेमन्त धामीले २ विकेट लिँदा कौशल राजपुत र दिपक भट्टले समान १–१ विकेट लिए ।

शनिबारको पहिलो खेल दिल्ली युनाईटेड र सुदुरपश्चिम बिच हुनेछ । दोस्रो खेल पुलिस र एनबीएससीबीच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर