खबर पूर्वाञ्चल
आज स्कूल परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरि यस प्रतिस्पर्धाको शुरुवात गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण रहेको बताए। उनले भने ‘मोर्डन एरा स्कूलले आफ्नो विद्यार्थीहरूको क्षमता र सिर्जनात्मकतालाई उजागर गर्न यस्तो प्रतियोगिता आयोजना गरेर समाजमा एक सकारात्मक सन्देश दिएको छ ।’
यस सिजनको प्रतियोगितामा तीन प्रमुख विधाहरु सञ्चालन हुनेछ । जसमा नृत्य, गायन र मोडलिङ हुनेछ । प्रत्येक विधामा विद्यार्थीहरूले आफ्ना कला र क्षमतालाई प्रदर्शन गर्नेछन्। आजदेखि तीनवटै विधामा अडिसनको प्रक्रिया सुरु भएको जानकारी कार्यक्रमका संयोजक गीता अग्रवालले जानकारी दिइन् । उनले भनिन्, ‘गायन विधामा ५०, नृत्यमा १२५ र मोडलिङमा ७० विद्यार्थी गरि जम्मा २४५ विद्यार्थीहरूको प्रतिस्पर्धामा सहभागि हुनेछन्।’
प्रतियोगिताको फाइनल कार्यक्रममा तीनवटै विधामा विजेता चयन गरिनेछ। नृत्यमा १० जना, गायनमा ५ जना र मोडलिङमा १२ जना विद्यार्थी फाइनलमा पुग्नेछन्। प्रतियोगिता आगामी माघ २५ गते, अर्थात् अभिभावक दिवसको अवसरमा सम्पन्न हुनेछ। उक्त प्रतियोगितामा कक्षा २ देखि ९ सम्मका विद्यार्थीले भाग लिएका छन् ।
‘मोर्डन एरा लिटल च्याम्स’ प्रतियोगिता प्रत्येक वर्ष नियमित रूपमा आयोजना भइरहेको छ । यसले विद्यार्थीहरूलाई आफ्नो कला र क्षमताहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ। यस कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना सिर्जना गर्न साथै उनीहरूको आत्मविश्वास बढाउने काम गरेको स्कुलका प्रिन्सिपल इन्द्र राईले बताए । ‘यस प्रतियोगिताबाट विद्यार्थीहरूको सृजनात्मकता र प्रतिभा विकासमा विशेष टेवा पुग्छ र उनीहरूको भविष्यका निमार्णको लागि अवसरहरू तयार गर्दछ,’ प्रिन्सिल राईले भने । यस प्रतियोगिताले विद्यार्थीहरुमा उत्साह र जोशको माहौल सिर्जना गर्ने स्कुलले जनाएको छ । यस आयोजनाले विद्यार्थीहरूलाई आफ्नो मनपर्ने क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै, विद्यालयका शैक्षिक उद्देश्यलाई अझ प्रगति र उन्नति गर्ने वातावरण तयार गरेको बताइएको छ ।