AArya
RUMPUM
animated ellipse animated ellipse

राजनीतिक दल र सरकारको कमजोरीले जेनजी आन्दोलनको उदय भएको हो : डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ आश्विन २०८२, शनिबार १८:३८
9
Shares
विराटनगर / नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् ।

विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको शनिबार निरीक्षण र अनुगमन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो । कोइरालाले हालै भएको संसद विघटन संविधान सम्मत नभएपनि देशलाई थप क्षतिबाट जोगाउन यो नै विकल्प भएको बताएका छन् ।

संसद विघटन राष्ट्रपतिको ‘ड्यामेज कन्ट्रोल’ का रूपमा आएको परिस्थितिजन्य निर्णय भएको उनको भनाइ छ । ‘सबै कुरा संविधानसम्मत यस्तो बेलामा हुँदैन । यो असंवैधानिक भए पनि, भएको संविधानलाई धेरै नचलाईकन, न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ,’ उनले भने । वर्तमान सरकारको एकमात्र दायित्व निष्पक्ष चुनाव गराउनु रहेको र अब देश चुनावकै बाटोबाट ट्र्याकमा ल्याउनु पर्ने बताए । ‘अब चुनाव, चुनाव, चुनाव’ उनले भने ।

उनले संविधानलाई पूर्ण रूपमा छिन्नभिन्न हुनबाट जोगाउन राष्ट्रपति सफल भएको पनि बताए । ‘यो सरकार निर्वाचनको लागि मात्र हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन जरुरी छ,’ डा। कोइरालाले भने, ‘निर्वाचन, निर्वाचन, निर्वाचन । यो सरकारको निम्ति अर्को तेस्रो विकल्प छैन ।’ उनले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई २१ फागुनमा तोकिएको चुनावको तयारीमा जुट्न आह्वान पनि गरे ।

कोइरालाले जेनजी आन्दोलनको उदय हुनुमा राजनीतिक दल र सरकारको कमजोरी रहेको स्वीकार गरे । भ्रष्टाचार, कुशासन जस्ता मुद्दामा जेनजीले उठाएका मागलाई समयमै सम्बोधन गर्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी भएको उनको भनाइ छ । ‘उनीहरूको मागलाई हामीले आत्मसात गर्न सकेनौं, विश्वास गरेनौं । त्यो सरकारको पनि गल्ती भयो,’ उनले भने ।

उनले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । ‘२३ गतेको घटनाको छानबिन बेग्लै र २४ गतेको घटनाको छानबिन बेग्लै हुनुपर्छ । आठ घण्टामा देश ध्वस्त भएको छ, यसको जिम्मेवारी सांसदको हैसियतले मैले र नागरिकको हैसियतले तपाईंहरूले पनि लिनुपर्छ,’ कोइरालाले भने । उनले युवाहरुलाई ठाउँ नदिएको भन्ने बारे प्रश्न गर्दै भने, ‘युवाहरूको सहभागितालाई नेपाली कांग्रेसले अगाडि बढाउनुपर्छ । तर युवाहरूको सहभागिता भन्नाले के भन्ने रु कसलाई भन्ने रु जेनजी पुस्ता के हो रु उनीहरूको आकांक्षा के हो रु अब खाली उनीहरू पनि यसबाट पन्छिन मिल्छ कि मिल्दैन रु २३ र २४ गतेकोमा रु सोचौं हामी । सरकारमा अहिले जेन्जी छन् कि को छन् ? ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर