AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीका पत्रकारको संसद भवन परिसरमै धर्ना, प्रहरी हस्तक्षेप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०८२, शुक्रबार १९:२७
108
Shares
विराटनगर । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको कोशी प्रदेश आमसंचार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पत्रकारले संसद भवन परिसरमै धर्ना दिएका छन् ।

निषेधित क्षेत्र मानिने उक्त कोशी प्रदेशसभा भवनमा सभामुख प्रवेश गर्ने गेट छेउमै पत्रकारहरुले धर्ना दिएका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग केहीबेर घम्साघम्सी समेत भएको थियो ।

संसदीय पत्रकार मञ्च कोशीले प्रदेशसभा परिसरमा धर्ना दिएको थियो भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशले संसदको गेट अगाडि धर्ना दिएको थियो । प्रहरीले संसद भवन परिसरबाट संसदीय पत्रकारलाई बाहिर निकालेपछि संयुक्त रुपमा गेट अगाडि शान्तिपूर्ण धर्ना दिइएको थियो । त्यहाँ पनि प्रहरीले हस्तक्षेप गरेपछि पत्रकारसँग केही बेर धकेलाधकेल भएको थियो ।

धर्नामा पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जोङ, सचिवद्वय ध्रुव भट्टराई, अरविन्द मेहता, संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष कुमार लुइँटेल, प्रेस सेन्टर कोशीका महासचिव तथा संसदीय पत्रकार मञ्च कोशीका उपाध्यक्ष गोकुल पराजुली, प्रेस युनियनका पूर्व उपाध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन आचार्य, प्रेस चौतरी कोशी प्रदेशका सदस्य श्यामसुन्दर सुतीहार, प्रेस सेन्टरका कोशी उपाध्यक्ष सुजता लिम्बू, समाजवादी प्रेस संगठनका उत्तम पोखरेल, फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठलगायतको टोलीले धर्ना दिएको हो ।

विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर आज सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखिएपछि पत्रकारले विरोध गरेका हुन् ।

नेपाल पत्रकार महासंघ कोशी शाखाका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति भएको बताए ।
यसैबीच पत्रकार महासंघ कोशी प्रदेश, प्रेस युनियन केन्द्रीय समिति, कोशी प्रदेश समिति, प्रेस सेन्टर कोशी प्रदेश समिति, संसदीय पत्रकार मञ्च कोशीलगायतले विज्ञप्ती जारी गर्दै विधेयकको विरोध गरेका छन् । प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर ल्याउन लागेको सो विधेयक सच्याउनुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर