खबर पूर्वाञ्चल
पण्डित घनश्याम-चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा विराटनगरमा दोस्रो संस्करणको उक्त प्रतियोगिता हुन लागेको हो ।
यसअघि पहिलो संस्करणको योग खेलकुद प्रतियोगिता सुनसरीको इटहरीमा भएको थियो ।
यसपालि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त प्रतियोगितामा प्रदेशभरिका ५० खेलाडीहरूको सहभागिता रहने छ ।
आयोजक संस्थाका अध्यक्ष दामोदर पोखरेलका अनुसार प्रतियोगितामा विभिन्न विधामा स्पर्धा हुनेछ । तीन उमेर समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
इभेन्ट फ्रिस्टाइल योग आसनअन्तर्गत रहेर अगाडि झुक्ने, पछाडि झुक्ने, घुमाउरो, हात र खुट्टाबीचचको सन्तुलनका विधाहरू प्रतियोगितामा रहने छन् ।
सबै विधामा महिला र पुरुषबीच छुट्टा-छुट्टै स्पर्धा हुनेछ, जसमा प्रथम, द्वितिय र तेस्रो हुनेले क्रमशः स्वर्ण, रजत र कास्य पदक पाउने छन् ।
सबै विधाका विजेताहरूबीच पुनः मिस्टर योगी र मिस/मिसेज योगीका लागि प्रतिस्पर्धा हुनेछ, जसले आकर्षक ट्रफीसहित सात हजार रुपैयाँ नगद पाउने अध्यक्ष पोखरेलले जानकारी दिए ।
यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच हजार र सात हजार रुपैयाँ नगदसहित आकर्षक ट्रफी पाउने छन् भने विजेतासहित सहभागी सबैले प्रमाणपत्र पाउने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय योग प्रशिक्षक डा. संग्राम पुरीलगायत प्रतियोगिताको निर्णायकमा रहने सह-आयोजक संस्था जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका वरिष्ठ कविराज बैजनाथ साहले जानकारी दिए ।
अन्य सह-आयोजक संस्थाहरूमा पतञ्जली योग समिति मोरङ, जीवन विज्ञान, ब्रह्मकुमारी राज योग सेवा केन्द्र विराटनगर, मनोक्रान्ति, इन्टरनेशनल नेप्लिज कम्युनिटी, ओशो, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रहेका छन् ।
प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न ६ सय जना दर्शक तथा स्वयमसेवकहरू उपस्थित रहने आयोजकको दाबी छ ।
प्रतियोगिताको बारेमा जानकारी गराउने उद्देश्यले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानका अध्यक्ष दामोदर पोखरेल, सचिव कृष्णप्रसाद पोखरेल, महिला पतञ्जली योग समिति मोरङका अध्यक्ष एवं कांग्रेस नेतृ सुची चौधरी, उपाध्यक्ष सारदा थापा सहभागी थिए ।
प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा हुने प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रतियोगिताको मिडिया पार्टनरका रूपमा शब्द एक्सप्रेस डटकम रहेको छ ।