खबर पूर्वाञ्चल
विराटनगरको सहिद रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–० गोलले अग्रता लिएको हो । पहिलो हाफको ३७ औ मिनेटमा आर्मीका निरज चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाएका छन् । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोल गरे ।
पहिलो क्वाटरफाइनल खेलको बिजेता टिमले पहिलो सेमिफाइनल फागुन २५ गते खेल्नेछ । आज जित्ने टिमले फागुन २३ गते हुने हुने मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीचको बिजेता टिमसँग खेल्नेछ ।
भोली सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच दोस्रो क्वारटफाइन खेल हुनेछ ।