AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ श्रावण २०८१, शुक्रबार १२:४१
189
Shares
विराटनगर/ कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार मन्त्री गणश उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन।

मुख्यमन्त्री कार्कीले हटाउने संकेत पाएपछि माओवादी केन्द्रका मन्त्रीहरुले आज राजीनामा बुझाउँदैछन् ।

माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर