RUMPUM
animated ellipse animated ellipse

पाइप विष्फोट हुँदा मोरङमा २ जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७९, बुधबार १२:२५
225
Shares
विराटनगर / पाइप विष्फोट हुँदा मोरङको जहदा गाउँपालिका–३ मा  मंगलबार साँझ २ जना घाइते भएका छन् ।

निर्माणाधीन अवस्थाको कोशी विराट एग्रो प्रालि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा साँझ ७ः४५ बजेतिर पाइप विष्फोट भएको थियो । प्रहरीका अनुसार घटनामा परेर सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जना निर्माणाधीन फ्याक्ट्रीका कामदार हुन् । घाइतेमध्ये कृष्णको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग पिल्सिएको प्रहरीले जनाएको छ । महेन्द्रको अवस्था सामान्य छ ।

दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर