AArya
RUMPUM
animated ellipse animated ellipse

पद त्यागको घोषणा गरेर मात्र जनप्रतिनिधीले उम्मेदवारी दर्ता गर्न पाउँछन् : आयुक्त थपिलिया

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७८, मंगलवार १६:४०
225
Shares
विराटनगर / प्रमुख निर्वाचन आयुक्त्त दिनेशकुमार थपलियाले राजिनामा नदिएपनि निर्वाचन कानुन अनुसार पद त्याग गरेको घोषणा गरेर मात्र जनप्रनिनिधिहरुले उम्मेदवारी दर्ता गराउन पाउने बताएका छन ।

आज विराटनगरमा पत्रकारहरुको निर्वाचन आचार संहिता अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त्त थपलियाले राजिनामाबारे सर्बोच्चमा मुद्दा विचराधिन रहेको र फैसला जेजस्तो भएपनि उम्मेदवार बन्न चाहनेहरुले लाभको पदमा नरहेको घोषणा गरेर मात्र उम्मेदवारी दर्ता गराउन पाउने बताएका हुन । प्रमुख आयुक्त्त थपलियाले भने , ‘हामीलाई चार अक्षरको राजिनामा चाहिएको हैन कानुन अनुसार पदमा नरहेको भनेर तीन अक्षरको घोषणा गरेपनि पुग्छ ।,’

उनले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले संबिधान र निर्वाचन कानुन अनि दलका नेता , सांसद र नागरिक समाजको सुझाव अनुसार स्थानिय पालिकामा उम्मेदवार बन्न चाहनेहरुले पदबाट राजिनामा दिनुपर्ने आचारसंहिता निर्माण गरेर २५ चैतदेखी लाागू गराउको जानकारी गराए ।

आचार संहितामा उल्लेख भएको राजिनामाको बिषयबारे सर्बोच्चममा मुद्दा विचराधिन रहेकोले फैसला नभएसम्म उक्त्त कुरा अयोगले जर्बदस्ती कार्यान्वयन नगराउने आयुक्त्त थपलियाले प्रस्टपारे । उनका अनुसार तर सर्बोच्चमा विचाराधिन रहेको मुद्दा फैसला नभएमा वा विपक्षमा भएपनि कानुन अनुसार उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले लिखित रुपमा स्वघोषण गरेर मात्र उम्मेदवारी दर्ता गराउन पाउने कानुनी व्यवस्था भएको जानकारी गराए ।

प्रमुख आयुक्त्त थपलियाले भने , ‘२०६३ को निर्वाचन ऐन र २०७४ को नियमावलीमा उम्मेदवार बन्न लाभको पदमा बस्न पाइदैन भन्ने प्रस्ट व्यवस्था छ यसैले राजिनामा नदिएपनि स्वघोषणा चाँही गर्नै पर्छ ।’,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर