AArya
RUMPUM
animated ellipse animated ellipse

अवैध पटका सशस्त्र प्रहरीले समायो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७७, शुक्रबार १८:०१
1.24k
Shares
विराटनगर / अवैध रूपमा चोरी तस्करी गरि नेपाल प्रवेश गराएको पटका सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको पटका सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भुटहा जहदाले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बिओपी भुटहा जहदाका सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले मोरङको जहदा गाउँपालिका १ भुटहाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी
खोसार्नी पटेक १० बन्डल(सात हजार पिस), झिरझिरे २० बन्डल, रकेट पटका ५० पिच, फुलजरी ७० पिस गरि ३३ हजार ५ सय पटका बरामद गरेको हो । बरामद गरेको पटका सशस्त्र प्रहरीले स्थानिय जनप्रतिनधीको रोहबरमा खाल्टो खनि नष्ट गरेको छ ।

झिलीमिलीको पर्वको रूपमा मनाइने तिहार पर्व भित्रिएपछि भारतबाट चोरी तस्करी गरि पटका नेपाल भित्रने गरेको छ । सुरक्षा निकायको आँखा छल्न उनीहरूले विभिन्न जुक्ति अपनाएन अवैध पटका भित्राउने गरेका छन् । केही दिन अगाडी मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले पनि अवैश पटका बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर