पूर्वाञ्चल खबर
विराटनगरमा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको छैंटौ जिल्ला अधिवेशनमा ढुंङगेल सम्मानित भएका हुन् ।
शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्राध्यापक ढुंङगेललाई सम्मान गरिएको हिसान मोरङका निर्वतमान अध्यक्ष राजेश कार्कीले जानकारी दिए । सम्मानित भएका ढुंङगेललाई प्रमुख अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।