AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट कलेजको वार्षिक अतिरिक्त कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ चैत्र २०७८, मंगलवार १५:२६
225
Shares
विराटनगर / प्रदेश एकमा उच्च शिक्षाको पहिलो रोजाईको गन्तब्य बन्ने लक्ष्यका साथ अघि बढीरहेको विराटनगर ५ स्थित एभरेष्ट कलेजले वार्षिक अतिरिक्त कार्यक्रमहरु सम्पन्न गरेको छ ।

आइतबारदेखि शुरु भएको वार्षिक अतिरिक्त कार्यक्रम आज सम्पन्न भएको हो । वार्षिक अतिरिक्त कार्यक्रममा कलेजले फटबल, बास्केटबल, टेबलटेनिस, हाजिरीजवाफ, निबन्ध लेखन प्रतियोगिता जस्ता कार्यक्रम रहेको कलेजले जनाएको छ । विभिन्न प्रतियोगिताका विजेताहर’लाई शैक्षिकशत्रको अन्त्यमा भव्य कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने कलेजका भाईस प्रिन्सिपल नारायण कडरियाले बताए ।

एभरेष्टले विद्धार्थीहरुको सर्वाङिण विकासकालागि उनीहरुलाई पाठ्यपुस्तक र शैक्षिक गतिविधिमा मात्र सिमित नगरेर विभिन्न अतिरित क्रियाकलाप तथा सामाजिक क्रियाकलापहरुमा सँलग्न गराउँदै आएको छ ।

विद्याथीहरुलाई विश्वस्तरमा प्रतिष्पर्धा गर्नसक्ने ग्लोबल सिटिजन बनाउनका त्यसैअनुसारको वातावरण निर्माण गर्न कलेजले सबै किसिमको तयारी गरिरहेको कलेजका पिन्सिपल तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकारामपुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर