खबर पूर्वाञ्चल
एभरेष्टले प्रतियोगितामा खेलाईएका ३३ इभेन्ट मध्ये १७ वटामा स्वर्ण पदक जितेको हो । विराटनगरकै लिलिपुट र श्रीश्री रबिशंकर स्कुलले ४–४ स्वर्ण पदक जित्दा विकेभीएम र दिल्ली पब्लिक स्कुलले २–२ वटा स्वर्ण जितेका छन् ।
यस्तै सेन्ट म्यारी, सेन्ट जोसेफ, ह्याप्पी किड्स र सिद्धार्थ स्कुलले १–१ स्वर्ण जितेको ट्रेनिङ सेन्टरका सचिव सागर भट्टराईले जानकारी दिए। उनका अनुसार २५,५०,१००,२००,४०० र १५०० मिटरका विभिन्न स्पर्धाहरु सम्पन्न भए ।
एभरेष्ट स्कुलको स्वीमिङ पुलमा भएको प्रतियोगितामा विराटनगरका १० विद्यालयले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन सञ्चालन भएको थियो ।
अन्तर विद्यालय पौडी प्रतियोगितालाई उद्घाटन गर्दै प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले कोशी प्रदेशमा पौडी खेल प्रवर्धनका लागि विराट स्वीमिङ ट्रेनिङ सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले पौडी खेलको प्रवर्धन गर्दै यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक रहेको समेत औल्याए।
तपाईको प्रतिक्रिया