AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०८२, सोमबार १८:२४
45
Shares
विराटनगर /युवाकविप्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’कवितासंग्रहको लोकार्पण गरिएको छ ।

विष्णुमाया पुस्तकालयले विराटनगरमासोमबार आयोजना गरेको कार्यक्रममा संग्रहको लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, राष्ट्रिय सभाका पूर्व सदस्य तथा प्राज्ञ खेम नेपाली, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य महेश रेग्मी, लेखककी आमा सीतादेवी ढकाल, श्रीमती हुमादेवी भट्टराईलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि साहित्यकार विवश पोखरेल, गंगा सुवेदी र बाबुराम पोखरेलले टिप्पणी गरे । कविता संग्रह भित्रका कविता फूलझैं कोमल भएको उनीहरुको भनाइथियो । समयको तरंगभित्र सबै स्वादकाकविता पढ्न सकिने समीक्षकले बताए ।

विराट साहित्य संगमले प्रकाशित गरेको समयका तरंग भित्र विभिन्न विषय वस्तुमा केन्द्रित भएर लेखेका ७२ वटा कविता संग्रहित छन् । आमा शीर्षकको कविताबाट सुरु भएर राष्ट्रियता शीर्षकमा टुंगिएको छ ।

कवि ढकालका यसअघि अतीतको डायरीबाट कविता संग्रह प्रकाशित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर