खबर पूर्वाञ्चल
विराटनगर – १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स यूथ क्लब लाई २–१ गोलले हराउँदै टिडबलूवाइसि फाइनलमा पुगेको हो ।
जितको लागि टिडबलूवाइसिका विरेन्द्र लिम्बुले गोल गरेका थिए । एक गोल आत्मघाती भयो । मिल्स यूथ क्लबका सुमन तामाङले डिबक्सभित्रबाट हेड गरेको बल आत्मघाती गोल भएको थियो ।
मिल्सको तर्फबाट नविन मगरले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच टिडबलूवाइसिका विरेन्द्र लिम्बु घोषित भए ।
बिहीबार विराट बुद्ध फुटबल क्लब र मिल्स भेट्रान्स क्बल बिच प्रतिस्पर्धा हुनेछ ।