AArya
RUMPUM
animated ellipse animated ellipse

४ सयको जुत्ता २ हजारसम्म बिक्री गर्ने पसललाई २ लाख जरिवाना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०७८, बिहीबार १८:५८
21.61k
Shares
विराटनगर/ ४ सय रूपैयाँ जुक्ता खरिद गरेर दुई हजार रुपैयाँसम्म बिक्री गरेको विराटनगरको एउटा पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

विराटनगर – ७ मा रहेको ‘सुरभी रिटेल’ नामका जुत्ता पसलले ४ सय रूपैमा खरिद गरेको जुक्ता १ हजार १ सय ५० देखि १ हजार ९ सय ५० रूपैयाँसम्म उपभोक्तालाई बिक्री गरेको अनुगमनको क्रममा भेटिएको हो ।

उक्त पसलले १ सय ७० देखि ३ सय ७५ प्रतिशतसम्म मुनाफा आर्जन गरि कम्पनीको जुक्ता बिक्री वितरण गरेको आज भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । कानुनी व्यवस्था अनुसार २० देखि २५ प्रतिसम्म मुनाफा राख्न पाइन्छ । तर, सुरभी रिटेलले अत्याधिक मात्रामा मुनाफा आजर्न गरि जुत्ता बिक्री वितरण गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवना गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । ‘सुरभी रिटेलले अनुचित व्यापारी क्रियाकलाप गरेरे कसुर भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही गरिएको हो,’ उनले भने ।

यसैगरि विराटनगर ७ मा रहेको कपडाको होलसेल गर्ने ‘बन्जारन’ लाई पनि वाणिज्य कार्यालयले कारवाही गरेको छ । कपडा खरिद र बिक्री गरेको बिलजिक जारी नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन अनुसार २० हजार रुपैयाँ जरिवना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर