पूर्वाञ्चल खबर
जसपा मोरङले आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले पहाड, हिमाल र तराईमा बसोबास गर्ने जनताका समावेशीमा संविधान केन्द्रित हुनु पर्नेमा जोड दिए ।
नेता महतोले संसद पुनःस्र्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने धारणा राख्दै जनताको अधिकार स्थापित गर्न, मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधन नै स्थायी समाधान रहेकोमा जोड दिए । उनले स्वार्थ र कुर्सिको लडाईका कारण संसद विघटन भएको बताउँदै विगत ७० वर्षको अवधिमा जनताको भन्दा आफ्नो स्वार्थमा सात वटा संविधान आएको धारणा राखे ।
पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले संसद विघटन विधिको शासनको उल्लङ्घन भएको बताए ।
पार्टीका जिल्ला अध्यक्षद्वय राजकुमार यादव र मोहम्मद कादिर लगायतले जसपा प्रगतिशील र नुतन सोच भएको पार्टी हो भन्दै समानुपातिक समावेशी सम्वन्धी सम्पूर्ण जिम्मेवारी यसको काँधमा रहेको विचार व्यक्त गरे ।