खबर पूर्वाञ्चल
कटहरी गाउँपालिका परिसरमा आज एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साईकल, १ थान कम्प्युटर, १ थान प्रिन्टर, २१ थान ट्राफिक कोण वितरण गरिएको हो ।
गत भदौ २६ गते कार्यपालिकाको बैठकले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री गरी १ लाख ८६ हजार ९४६ रुपैयाँ सामाग्री वितरण गर्ने निर्णाय गरेको थियो ।
उक्त निर्णाय पछि प्रहरीलाई साइकल र प्राविधिक सामाग्री कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीले प्रहरीलाई साधन स्रोत मैत्री बनाउने कामको सुरुवात गरिएको बताए । भएको सीमित स्रोत साधनले काम गर्दै आएको प्रहरीलाई साधान स्रोत सम्पन्न बनाउन तीन तहको सरकार लागि पर्नुपर्ने बताए । प्रहरीलाई गस्ती गर्न सहज पु¥याउने उद्देश्यले साइकल वितरण गरिएको उनले बताए ।
सईको नेतृत्वमा कटहरीमा प्रहरी चौकी स्थापना भएको छ । पाँच कठ्ठा क्षेत्रफलमा भवन बनाउने कामपनि भइरहेको उनले बताए । कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सिमित स्रोतसाधनले प्रहरीले शान्तिसुरक्षा कायम गर्दै आएको बताए । कटहरीबाट सहयोग प्राप्त भएको साधन स्रोतले शान्ति सुरक्षामा थप सहयोग पुग्ने बताए । शान्ति सुरक्षा प्रहरीले एक्कलै मात्र सम्भव नभएको बताउँदै उनले सबैको साथसहयोगको खाँचो रहेको बताए ।
ट्राफिक नियमको पालना गरेर सवारी दुर्घटना न्युनिकरण गरिनुपर्नेमा उनले जोड दिए । भएको कानुन कार्यन्यवनमा सबैको साथ सहयोग गरेर अपराध रोकथाम र नियन्त्रणमा सहयोग सबैले खेल्नुपर्ने एसपी पोखरेलले बताए ।