AArya
RUMPUM
animated ellipse animated ellipse

काठमाण्डौमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार हो: मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०८१, सोमबार १३:१५
63
Shares
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले काठमाण्डौमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन्। उनले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरुलाई आग्रह गरे। उनले पत्रकार हरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले काठमाण्डौमा भएको तथा कथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने श्रृङ्खला मात्र भएको बताए। उनले अपराधिक मनस्थितिबाट गरिएको आन्दोलन लाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। आतंककारी स्टाइलमा प्रहरी र पत्रकारमाथि गरिएको आक्रमण सभ्य समाजमा क्षम्य नहुने उनले बताए।

नेपाल पत्रकार महासंघले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज विहान ज्ञापनपत्र बुझाएको थियो। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल कोशी प्रदेशका अध्यक्ष भरत खड्का , जिल्ला अध्यक्ष सुशिला पाठकलगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर