मिल्स भेट्रानको उद्घाटन खेलमा युनाइटेडलाई सफलता

खबर पूर्वाञ्चल, २१ आश्विन २०७८, बिहीबार १८:३५

विराटनगर / विजयी दशमीको अवसर पारेर विराटनगरमा नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरू भएको छ ।

मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई १०–० फराकिलो गोलको अन्तरले पराजित गरि युनाइटेड भेट्रान क्बल क्वारटफाइनलमा प्रवेश गरेको छ । युनाइटेडका निरन्जन बस्नेतले ६, रमेश श्रेष्ठले ३ र मनिष न्यौपानेले एक गोल गरि टिमको जित सुनिश्चित गरेका थिए ।

खेलको पहिलो हाफमा ४–० गोलले युनाइटेडले अग्रता लिएको थियो । दोस्रो हाफपछि चार गोल गरि युनाइटेकले जित निकालेको हो । खेलको म्यान अफ द म्याच ६ गोल गर्ने युनाइटेडका निरन्जन घोषित भए ।

प्रतियोगिताको शुक्रबार दुई वटा खेल हुने अध्यक्ष इन्द्रराज थापाले जानकारी दिए । पहिलो खेल विहान ७ बजेदेखि मर्निङ्ग फुटबल क्लब र तालिम केन्द्र बिच हुनेछ । सोही दिन दिउँसो साढे २ बजे टिडब्लुवाइसि र विराटबुद्ध फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विराटनगरभरीका १० वटा टिमको सहभागि रहेको छ । असोज २८ गते प्रतियोगिता फाइनल हुनेछ । विजेताले २५ केजीको खसी पाउँनेछन् भने उपविजेताले १५ केजीको खसी पुरकार जित्ने छ ।

प्रतियोगिताको उद्घाटन विराटनगर १५ का वडाअध्यक्ष असलम आमले गरेको थिए । उनले खेलकुद क्षेत्रका विकास स्थानिय तह लागि परेको बताए । उनले खेलकुद क्षेत्रको विकास गरेमात्र खेलाडीहरू व्यवसायिक बन्ने भएकोले वडा र महानगरपालिका खेलकुद क्षेत्रको विकासमा लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५