animated ellipse animated ellipse

उपेन्द्र यादव तानाशाही भएकाले पार्टी फुट्यो : महासचिब यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०८१, आईतवार १८:३५
252
Shares
विराटनगर / जनता समाजवादी पार्टीका महासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले उपेन्द्र यादवले पार्टीलाई आफ्नो कम्पनी जस्तो चलाएर तानाशाही सासन लागू गर्न खोजेपछि जसपा पार्टी फुटेको बताएका छन् ।

जनता समाजावादी पार्टी जिल्ला कार्यालय मोरङको विराटनगरस्थित आज पार्टी कार्यालयको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । ६ महिना अगाडी जसपा फुटेर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी गठन भएको छ । सो पार्टीका उपमहासचिब यादवले उपेन्द्र यादवले मसिया भएर दोहोरो रचित्र देखाएको कारणले पार्टीबाट अलग भएर छुट्टै पार्टी निमार्ण गर्नुपरेको बताए । ‘तराईमा उपेन्द्र यादवको भविष्य पनि सकिदै गएको छ । मोरङ, सुनसरी, सप्तरीबाट जनताले लखेटेर हुँदै बारामा पुगेका छन्,’ उनले भने, ‘ बाराका जनताले पनि २०८४ को चुनाबमा लखेटनेछन् ।’

जनता समाजवादी पार्टी अन्य पार्टीमा विलय नहुने उनले दाबी गरे । उनले जसपा पार्टीलाई बलियो बनाउन गाउँटोलमा संगठन विस्तारमा सक्रिय हुन नेता कार्यकताहरुलाई आग्रह गरे । आगमी तीन वर्षभित्रमा जसपालाई मुलुकको मुख्य पार्टीको रुपमा निमार्ण गर्ने दाबी गरे । पार्टी गठनको ६ महिनामा अवधिमा जिल्ला जिल्लामा पार्टीलाई शक्तिशाली बनाएर अगाडी बढने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर