खबर पूर्वाञ्चल
सोमबार विराटनगर–४ स्थित आयल निगमको पार्किङस्थलमा रोकिएको ट्याङ्कर चोरेर लैजादै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न आरोपमा विराटनगर महानगरपालिका–४ बस्ने २६ वर्षीय श्रवणकुमार यादव र विक्की रायलाई पक्राउ गरेको छ ।
उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरी भाग्दै गर्दा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङ बुढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकर सहित सोमबार नियन्त्रणमा लिएको थियोे ।
पक्राउ परेका उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।