AArya
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेश १ मा १० जनाको मृत्यु, मृतकको संख्या ८१४

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०७८, बुधबार १८:४६
1.13k
Shares
विराटनगर/ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा १० जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१४ पुगेको छ ।

प्रदेश १ को विभन्न अस्पतालमा पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरको नोबेल शिक्षण अस्पताल र मेची अस्पताल भद्रपुरमा ३–३, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ तथा विराट शिक्षण अस्पताल बुढीगंगामा र ओम आइसुलेसनमा १–१ जनाको मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा सवै भन्दा बढी झापा जिल्लाका ४ जना संक्रमित रहेका छन् भने मोरङ र सुनसरीका २–२ जना र प्रदेश १ बाहिरका २ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर