खबर पूर्वाञ्चल
केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी आज बेलुकीसम्म उम्मेदवारी निश्कृय पारे कारबाही फुकुवा गर्ने जानकारी गराएका छन्।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भइ बनेका माओवादी केन्द्रका वा गठबन्धन दलबीच सहमति बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई समर्थन गरी उम्मेदवारी निश्कृय पारेको घोषणा गर्न भनिएको छ।
आयोगले तोकेको मितिभित्र उम्मेदवारी फिर्ता नलिने बागी, तिनका प्रस्तावक र समर्थकलाई कारबाही गरिसकिएको र अझै प्रदेश र प्रतिनिधिसभाका बागी र स्वतन्त्र उम्मेदवारी दिनेले आजसम्म पार्टी वा गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित घोषणा गरे अनुशासनको कारबाही नहुने जनाइएको छ ।
यसअघि गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले पनि सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने जनाइसकेको छ । तोकिएको समयभित्र पार्टीको निर्देशन अटेर गर्नेलाई निष्कासन गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख छ।