पूर्वाञ्चल खबर
केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी आज बेलुकीसम्म उम्मेदवारी निश्कृय पारे कारबाही फुकुवा गर्ने जानकारी गराएका छन्।

आयोगले तोकेको मितिभित्र उम्मेदवारी फिर्ता नलिने बागी, तिनका प्रस्तावक र समर्थकलाई कारबाही गरिसकिएको र अझै प्रदेश र प्रतिनिधिसभाका बागी र स्वतन्त्र उम्मेदवारी दिनेले आजसम्म पार्टी वा गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित घोषणा गरे अनुशासनको कारबाही नहुने जनाइएको छ ।
यसअघि गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले पनि सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने जनाइसकेको छ । तोकिएको समयभित्र पार्टीको निर्देशन अटेर गर्नेलाई निष्कासन गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख छ।