खबर पूर्वाञ्चल
प्याब्सन मोरङको आयोजनामा पथरीमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा सिनीयरतर्फ कृतिका र जुनियरतर्फ प्रशानाले उपाधि जितेका हुन् ।
जुनियर तर्फको द्धितीय सुपब् मोडल पथरीका सेसेहाङ लिम्बु , द्धितीय विराटनगरको पूर्वाञ्चल विद्या सदनकी एन्जेलिना श्रेष्ठ र सान्तवना सिद्धार्थ सुन्दर हरैंचाका सिम्रन खड्का, एभरेष्ट अंग्रेजी स्कूल पथरीकी आभा केरूङ घोषित भइन् ।
यसैगरी सिनियरतर्फको द्धितीय रंगेलीको बाल देवदुत, तृतीय माउण्ट मकालुका चन्चल मण्डल, सान्त्वना पूर्वाञ्चल विद्या सदन विराटनगरकी अनिसा राई र जुपीटर सुन्दर हरैंचाका अनुनय कोइराला भए ।
जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुले प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा पनि भाग लिने प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
विजय हुने विद्यार्थीहरुलाई प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, सचिव हेमन्त कार्की, नेपाल अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा ४९ वटा विद्यालयका ८४ जना विद्यार्थीले भाग लिएका थिए । सोही अवसरमा १३ जना विभिन्न चित्रकारहरूले सुन्दर चित्रहरू स्केच गरी प्रर्दशन पनि गरे ।