AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका २ कलेजद्वारा काठमाण्डौका ५ तारे होटलसँग सम्झौता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७७, सोमबार १८:५५
2.39k
Shares
विराटनगर / विराटनगरमा रहेको हिमालय दर्शन कलेज र शिक्षादीप कलेजले काठमाण्डौमा रहेको ५ तारे होटलसँग सहकार्य (एम ओ यु ) गरेर काम गर्ने सम्झौता गरेका छन् ।

दुई वटै कलेजका होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई काठमाण्डौमा रहेका ५ तारे होटलको स्थलगत भ्रमणसँगै कलेजले उक्त होटलहरुसँग आगामी दिनमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको निम्ति होटल र कलेजबीच सम्झौता ( एमओयु) गरेको हो ।

हिमालय दर्शन कलेजका विएचएम प्रथम र दोस्रो बर्षका विद्यार्थी त्यसैगरी शिक्षादिप कलेजका ११ र १२ का विद्यार्थीहरुलाई ५ तारे होटलसँग प्रयोगात्मक अभ्यास गर्नको लागि सहकार्यका अगाडि बढाएको शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानु खड्काले जानकारी दिए ।

कलेजले काठमाण्डौ नक्साल स्थित रहेको ५ तारे होटल मेरियट र तिलगङ्गा स्थित पिकअप आनन्द पशुपति होटलसँग इन्टर्नसिप र जब प्लेसमेन्टको लागि एक अर्काबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विराटनगरमा रहेको शिक्षादिप कलेज र हिमालय दर्शन कलेजमा होटल मेनेजमेन्ट विषयमा अध्ययनरत विद्यार्थीहरुको लागि ईन्टनसिपसँगै रोजगारको व्यवस्था गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानुबहादुर खड्का , हिमालय दर्शन कलेजका क्याम्पस प्रमुख भरत सापकोटा , कलेज निर्देशक भेषराज पोखरेल र मेरियट होटलको तर्फबाट जनरल मेनेजर फेवियन मार्टिनेजले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

राजधानी बाहिरका ब्याचलर कलेजहरू मध्ये मेरियटसँग एमओयु गर्ने पहिलो कलेज हिमालय दर्शन भएको मेरियटका जेनरल म्यानेजर फेवियन मार्टिनजले बताए ।

यसैविच कलेजले आनन्द पशुपति होटलका डाईरेक्टर विवेक विष्ट र सेल्स को–अर्डिनेटर मनिसा निरौलासँग हिमालय दर्शन कलेजका क्याम्पस प्रमुख सापकोटा र निर्देशकज पोखरेल विच मेमोरेण्डम अफ अन्डरस्टेन्ङि (एम ओ यु ) पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको थियो ।

कलेजले होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई पहिलो पटक विराटनगर बाहिरका ५ तारे होटलसँग सहकार्य गर्ने अवसर मिलेको हिमालय कलेजका क्याम्पस प्रमुख सापकोटाले बताए । विराटनरको विग होटल, पर्पलहेजसँगै काठमाण्डौका ५ तारे होटलहरुसँग पनि विद्यार्थीहरुलाई इन्टर्नसिप गराउन पाँउदा ठूलो अवसर मिलेको क्याम्पस प्रमुख सापकोटाको भनाइ छ ।

यता होटलको डाईरेक्टर विवेक विष्टले होटल ईण्ड्रस्ट्रिजमा होटल मेनेजमेन्ट पढ्ने विद्यार्थीहरुले मेहनत गर्न सके देशकै भविष्य राम्रो हुने बताए । साथै कलेजका विद्यार्थीहरुलाई इन्टर्नसिप र जबप्लेसमेन्टको लागि सधै तयार रहेको कुरामा पनि उनले जोड दिए ।

कलेजले विद्यार्थीहरुलाई नेपाल टुरिज्जम बोर्डसँगै विभिन्न धार्मिक तथा पर्यटनस्थलहरुको भ्रमण गराउनुका साथै विद्यार्थीलाई होटल ईन्डट्रिज क्षेत्रको भविष्यबारे कार्याशाला गराएको हिमालय दर्शन कलेजका निर्देशक पोखरेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर