खबर पूर्वाञ्चल
मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भएपनि विघटनका पक्षमा प्रदेश सरकार नजाने मनत्री कार्कीले बताएका हुन् । प्रदेशसभाबाटै अविश्वास प्रस्तावको सामाना गर्नेगरि माघ ७ गते प्रदेशसभाको बैठक आह्वान गरिएको मन्त्री कार्कीले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका मन्त्री कार्कीले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रदेश सभा विघटन गरि प्रदेशका संरचनाहरुलाई अस्थिर नबनाईने बताए । उनले मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव हतारोमा आएको समेत बताए ।
नेकपा कानुनी रुपमा विभाजित नभई मुख्यमन्त्री विरुद्धको प्रस्ताव आएको मन्त्री कार्कीको भनाई छ । उनले भने,‘ अविश्वास प्रस्ताव पेश गर्ने सामान्य प्रकृया पनि पुरा गरिएन ।’ नेकपा केन्द्रीय सदस्य समेत रहेका कार्कीले पार्टी दुई समूहमा विभाजन हुन रहर नभएर बाध्यता भएको बताए ।
वैचारिक समस्या नभएर पदीय लडाईका कारण राजनीतिक रुपमा पार्टी विभाजित हुन पुगेको बताए । मन्त्री कार्कीले भने,‘ हरेक महिना दुई अध्यक्षवीच सम्झौता गर्नुपर्ने अवस्था आयो ।’ दुईपार्टी वीच घुलमिल नहुँदै विभाजनको अवस्थामा पुगेको उनको भनाई छ । कानुनी रुपमा पार्टी विभाजन हुन बाँकी रहेपनि अहिलेको घटनाक्रमले तत्कालै एक भईहाल्ने अवस्था पनि नभएको मन्त्री कार्कीले बताए ।