AArya
RUMPUM
animated ellipse animated ellipse

घरेलु तथा साना उद्योग महासंघ मोरङकों जिल्ला अधिवेशन मङ्सिर अन्तिममा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७७, सोमबार १८:५९
216
Shares
विराटनगर /नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेला मङ्सिरको चौथो साता हुने भएको छ ।

तीन बर्षको निर्धारित अवधिमा हुने सो अधिवेशन कोरोना महामारीका कारण ८ महिना ढिलो आउँदो मङ्सिर २९ गते हुने भएको हो । यही मङ्सिर ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले महासंघको जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको जिल्ला भेला गर्ने निर्णय गरेको हो । अधिवेशनमा मोरङ जिल्लाभरिबाट १ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाईएको छ । जसमा महासंघका लागी २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन महासंघका महासचिव गोपाल काफ्लेले बताए ।

यसबाहेक स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका विभिन्न सर–सामाग्रीहरुको प्रर्दशनी हुने बताईएको छ । अधिवेशनमा अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा र ढाकाका उत्पादन तथा जुत्ताचप्पल लगायतका उत्पादनहरुको प्रर्दशनी हुने महासंघका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको कार्यसमितिको कार्यकाल गत चैत्र महिनामै समाप्त भएको हो । कोरोना महामारीका कारण केही ढिलाई भएपनि आवश्यक सुरक्षा र सर्तकताका साथ यही मङसिर २९ गते नयाँ कार्यसमिति चयन हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर