AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा १ सय २३ सहित प्रदेश १ मा अहिले सम्मकै उच्च १ सय ९७ मा कोरोना संक्रमित पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ आश्विन २०७७, शुक्रबार १७:४२
747
Shares
विराटनगर / विराटनगरमा १ सय २३ सहित प्रदेश १ मा आज एकै निद १ सय ९७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । यस अघि प्रदेश १ मा सवैभन्दा धेरै असोज ११ गते १ सय ८१ जनामा देखिएको थियो

मोरङमा १ सय ४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा देखिएको १ सय ४६ जना मध्य विराटनगरमा मात्र १ सय २३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । त्यस्तै सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीमा इटहरीमा २ महिला ७ पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १/१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १/१ पुरुष, ते¥हथुमको छथरमा १ महिला स्थानीयतहनखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर