AArya
animated ellipse animated ellipse

कालिमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियले गरे विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ जेष्ठ २०७७, शुक्रबार २०:३४
3
Shares
विराटनगर / विराटनगर ७ मेनरोड स्थित कालिमन्दिरको धर्मशालामा क्वारेन्टाईन राखेको भन्दै स्थानियले विरोध जनाएका छन् । भारतबाट आएकाहरुलाई राखेपछि स्थानीयले विरोध गरेका हुन ।

भारतबाट आएकालाई राख्न महानगरपालिकाले क्वारेन्टाइन निर्माण गरेको हो । विराटनगर महानगरपालीका अन्तर्गतको कोरोना भाइरस जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले आज भारतबाट आएका ब्यक्तिहरुला धर्मशालामा राखेको भन्दै विरोध जनाएका छन् । मेनरोडमा रहेको कालिमन्दिर छेउमा रहेको कालि प्रतीय धर्मशालामा अहिले विराटनगरका विभिन्न वडाका ५ जना व्यक्तिहरु क्वारेन्टाईनमा राखिएको छ ।

विराटनगरका मारवाडी सेवा सदन, अतिथी सदन, जानकी सेवा सदनमा धर्मशाला बनाउँदा आपासका स्थानीयले विरोध गरेनन् । तर काली मन्दीरको धर्मशालामा क्वारेन्टाइन बनाउँदा स्थानीयले विरोध गरेका हुन् ।

स्थानियवासी लगायत व्यापारीहरुले कालि मन्दिर प्रवेश गर्ने दुवै साईडमा डोरी टागेर सवारी साधन आवतजावतमा समेत अवरोध पुर्याएको थिए । यता लकडाउनको समयमा स्थानियवासीले गरेको अवरोधमा कसैले पनि सामाजिक दुरी अप्नाएको देखिएको थिएन ।

मेयर भन्छन् – विराटनगरमा नराखे कहाँ राखौं

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगरका मान्छेलाई राख्न क्वारेन्टाइन बनाइएको बताउँछन् ।

‘विराटनगर प्रदेशको राजधानी हो । यहाँका मान्छेलाई नराखे कहाँ राख्ने ’ उनले भने ‘ क्वारेन्टाइन सुरक्षित स्थान हो ।’ उनले क्वारेन्टाइनको विरोध गर्नुको कुनै औचित्व नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर